आगो ताप्ने क्रममा मकवानपुरमा जलेर एक जना घाइते

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एक जना गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा कैलाश गाउँपालिका वडा नं १० भवङ बस्ने २३ वर्षीय हिक्मत भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
गत मंगलबार विहान १० बजेको समयमा सामुहिक रुपमा भोलनको घरदेखि करिब एक सय मिटर उत्तरतर्फ बारीमा आगो बालेर तापीरहेको अवस्थामा एक १७ वर्षीय किशोरले बलिरहेको आगोमा पेट्रोल खन्याउँदा दन्किएको आगो भोलनले लगाएको कपडामा सल्किएको र उनको कम्मर भन्दा मुनिको भाग पुरै जलेर घाइते भएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
घाइते भएका भोलनलाई हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित किर्तिपुर अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।