बकैया गाउँपालिकाका कर्माचारीहरू आन्दोलित

बकैया दर्पण संवाददाता
२१ आश्विन २०८०, आईतवार १५:१२

मकवानपुर ।  स्थानिय तहका कर्माचारीहरूले देशव्यापी गरिरहेको आन्दोलनको कार्यक्रम अन्तर्गत बकैया गाउँपालिकाका कर्माचारीहरू पनि आन्दोलित भएका छन् । आन्दोलन अन्र्तगत अत्यावश्यकीय काम बाहेका काम ठप्प पार्दै आन्दोलन गरीरहेको बकैया गाउँपालिकाका योजना शाखाका प्रमुख एवम् स्थानिय तह कर्मचारी सङ्घर्ष समितिका बकैया संयोजक मिलन दुलालले जानकारी दिनुभयो ।
संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका बिभिन्न मागहरू समावेश गरी तत्काल ऐन जारी गर्न दवाव दिने उद्देश्यले सो आन्दोलन चलिरहेको हो ।

मागहरू के–के छन् ?

१. संघीय विजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने ।
२. स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको  नै रहने व्यवस्था गरिनुपर्ने ।

३. निजामतीको परिभाषा चित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने ।

४. विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा संख्या गरिनु पर्ने ।

५. समायोजनका कर्मचारीहरुको सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्थापन गरिनुपर्ने ।

६. तिनै तहका कर्मचारीहरुको समान वृद्धि विकासको व्यवस्था गरिनुपर्ने ।

७. स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नुपर्ने ।

८. स्थानीय सेवाका कर्मचारीहरूलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने ।

९. जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने ।

१०.  स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड यूनियनको अधिकार प्रदान गरिनुपर्ने ।

११. अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*