मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

बकैया दर्पण संवाददाता
२० आश्विन २०८०, शनिबार १०:२७

मकवानपुर । त्रिभुवन राजपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको थाहा नगरपालिका वडा नम्वर १ कुन्छालमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान साढे ४ बजेको समयमा बिरगजंबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ३९८७ नम्वरको कन्टेनर गाडी मोडमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दुर्घटनामा परेर कन्टेनर चालक नुवाकोटको बेलकोट नगरपालिका वडा नम्वर ५ बस्ने ४२ वर्षीय दिप श्रेष्ठको घट्नास्थलमै मृत्यु हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*