बकैयामा सडक दुर्घटना बढेपछि उपाध्यक्षकाे काम

मकवानपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत शुक्रबार बिहान बकैया- ५ तिनतलेस्थित धरानचतरा सडकखण्डमा दुर्घटना भएको १२ घण्टा नवित्दै बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री सडक मर्मतमा लाग्नुभएको छ । हेटौडाबाट फापरबारी तर्फ जादै गरेको ना २२ प ९९७७ नम्बरको...

जगन्नाथ थपलिया बने एमाले बागमती प्रदेशको संसदीय दलको नेता

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन हुनुभएको छ । केन्द्रीय सदस्यसमेत रहेका थपलिया सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुनुभएको हो । उहाँ डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहनुभएको थियो ।...

कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना सङ्क्रमण नेपालमा कम...

कांग्रेस संसदीय दलको नेतामा बहादुर लामाद्वारा पनि उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर लामाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि लामाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो । उहाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी...

कांग्रेस संसदीय दलको नेतामा ईन्द्र बानियाँद्वारा उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो । बानियाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता...

न्यौपानेलाई चक्कु प्रहार गर्ने हेटौंडाका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चक्कु प्रहार गर्ने हेटौंडाका दुई जनालाई आईतबार पक्राउ गरेको छ । हेटौंडा–२ बस्ने अन्दाजी ३० वर्षीय डानियल न्यौपानेलाई चक्कु प्रहार गरी फरार रहेका हेटौंडाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

बागमती प्रदेशका सांसदको शपथ ग्रहणको मिति तय गर्न आज सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक आह्वान गरिएको छ । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ...

बागमती प्रदेश : प्रहरीको ‘गो होम’ अभियानअन्तरगत २३३ जना बेपत्ता व्यक्ति फेला

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले संचालन गरेको ‘गो होम’ अभियानअन्तरगत २२३ जना बेपत्ता भएका व्यक्तिहरु फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाएको जनाएको छ । प्रदेश प्रहरीले गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका काठमाडौं उपत्यकाबाहेकका १०...

हेटौंडालाई सुन्दर र आकर्षक शहर बनाउन वृक्षरोपण

मकवानपुर । हरित शहरको रुपमा परिचित हेटौंडालाई थप सुन्दर र आकर्षक शहर बनाउन बिहीबार वृक्षरोपण कार्यालयको आयोजना गरिएको छ । उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा एक कार्यक्रमबीच हेटौंडा–११ स्थित बुद्धपार्कमा वृक्षरोपण गरिएको हो । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने पार्कको...

हेटौंडाको एक घरमा आगोलागी हुँदा ७ लाखको धनमाल नष्ट

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा बिहीबार राति करेन्ट सट भई एक घरमा आगोलागी भएको छ । बिहीबार राति साढे ११ बजेको समयमा स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको...