हेटौंडाको एक घरमा आगोलागी हुँदा ७ लाखको धनमाल नष्ट

बकैया दर्पण संवाददाता
८ पुष २०७९, शुक्रबार १०:३९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा बिहीबार राति करेन्ट सट भई एक घरमा आगोलागी भएको छ । बिहीबार राति साढे ११ बजेको समयमा स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आगोलागीबाट चौपया १ वटा गाईको अनुहार डढेको, अन्नपात (मकै, धान र चामल) लगायत तामाङको घर नजिकै रहेको जस्ताको छानो भएको गोठ पूर्ण रुपमा नष्ट हुँदा ७ लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*