बागमती प्रदेश : प्रहरीको ‘गो होम’ अभियानअन्तरगत २३३ जना बेपत्ता व्यक्ति फेला

बकैया दर्पण संवाददाता
८ पुष २०७९, शुक्रबार ११:०१

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले संचालन गरेको ‘गो होम’ अभियानअन्तरगत २२३ जना बेपत्ता भएका व्यक्तिहरु फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाएको जनाएको छ ।

प्रदेश प्रहरीले गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाहरुमा संचालन गरिएको उक्त अभियान अन्तर्गत मंसिरसम्ममा २३३ जना बेपत्ता भएका व्यक्तिहरु फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा जनाएको हो ।

प्रहरीले सबैभन्दा धेरै दोलखा जिल्लाबाट बेपत्ता भएका व्यक्तिहरुको संख्या फेला पारी आफन्तलाई जिम्मा लगाएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार, दोलखा प्रहरीले हालसम्म ५८ जना बेपत्ता भएका व्यक्ति फेला पारेको छ ।

यसैगरी, मकवानपुरले ४५ जना, सिन्धुलीले ४१ जना र चितवनले २५ जना, काभ्रेले १५ जना, सिन्धुपाल्चोकले १३ जना, धादिङले ११ जना रसुवा र रामेछापले ९/९ जना तथा नुवाकोटले ७ जना बेपत्ता भएका व्यक्ति फेला पारी आफन्तको जिम्मा लगाएको वरिष्ठ उपरीक्षक रेग्मीले बताए ।

उक्त अभियान सुरु हुनुअघि ८२३ जना हराएका मानिसहरू फेला पर्न बाँकी रहेको थियो । तीमध्ये २३३ जना फेला पारी आफन्तलाई जिम्मा लगाएको हो । अझै ५९० जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*