न्यौपानेलाई चक्कु प्रहार गर्ने हेटौंडाका दुई जना पक्राउ

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार १०:२१

मकवानपुर । मकवानपुर प्रहरीले चक्कु प्रहार गर्ने हेटौंडाका दुई जनालाई आईतबार पक्राउ गरेको छ । हेटौंडा–२ बस्ने अन्दाजी ३० वर्षीय डानियल न्यौपानेलाई चक्कु प्रहार गरी फरार रहेका हेटौंडाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा–६ कमाने बस्ने ३० वर्षीय अशिम बर्तौला र हेटौंडा–५ सानोपोखरा बस्ने २५ वर्षीय हेमन्त थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गत मंसिर २६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ वन कार्यालय नजिकै भित्रि सडकखण्डमा प्रदेश३–०१–०२३ च ६१५३ नं।को निशान गाडिमा सवार उनीहरुले न्यौपानेलाई एक्कासि कोखामा चक्कु प्रहार गरी घाईते गराई फरार रहेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका न्यौपानेको हेटौंडाको सहकारी अस्पताल मकवानपुरमा उपचारपश्चात थप उपचारको लागि मंसिर २८ गते चितवनको भरतपुर सीएमसी हस्पिटल रिफर गरिएका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

चक्कु प्रहार गर्ने बर्तौला र मगरलाई ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्की दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*