बकैयामा सडक दुर्घटना बढेपछि उपाध्यक्षकाे काम

दुर्घटना भएको स्थानमा तत्काल बाटो सुधार गर्दै
बकैया दर्पण संवाददाता
१५ पुष २०७९, शुक्रबार १७:१५

मकवानपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत शुक्रबार बिहान बकैया- ५ तिनतलेस्थित धरानचतरा सडकखण्डमा दुर्घटना भएको १२ घण्टा नवित्दै बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री सडक मर्मतमा लाग्नुभएको छ ।

हेटौडाबाट फापरबारी तर्फ जादै गरेको ना २२ प ९९७७ नम्बरको मोटर साईकललाई सोही दिशा तर्फ जादै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिदा दुर्घटना भई १ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । सडक दुर्घटना भएको १२ घण्टा नबित्दै पालिका उपाध्यक्ष खत्रीले सडक सुधार गर्न स्काईभेटर पठाएर काम शुरु गर्नुभएको छ । दुर्घटनास्थलमा आफै उद्वारमा खटिनुभएका उहाँ उद्वारकाे काम सकिएलगत्तै सडक मर्मतमा लाग्नुभएको हाे ।

तत्कालका लागि दुर्घटना कम गर्न आफुहरु लागिपरेको उहाँको भनाई छ । मदन भण्डारी लाेकमार्गका आयाेजनाका ठेकेदार कम्पनी, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख र सराेकारवाला सबैलाई उपस्थित गराएर यस क्षेत्रमा दुर्घटना कम कसरी हुन्छ भन्ने बिषयमा चाडैं छलफल आयाेजना गर्ने उहाँको भनाई छ ।

दुर्घटनामा मोटर साईकल चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१८ फुर्केचौर बस्ने बर्ष अन्दाजी ३० को बिक्रम भम्जनकाे उपचारको क्रममा हेटौडा अस्पतालमा निधन भएको जिल्ला प्रहरीले कार्यालय मकवानपुरले जनाएको छ । मृतककाे शब सोही अस्पतालमा रहेको पनि प्रहरीले जनाएको छ । यस्तै, ट्रक चालक जिल्ला बारा निजगढ न.पा.९ बस्ने बर्ष अन्दाजी २५ को सुर्य बहादुर घिमिरेकाे चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । यसैगरी, ट्रकमा सवार हाल नाम थर नखुलेको अन्दाजी २०/२५ बर्षको जस्तो देखिने अर्का घाइतेको हेटौडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मदन भण्डारी सडक खण्डको यस स्थानमा अत्याधिक दुर्घटना हुने गरेको छ । बाटो भिरालो र टर्निङ सानो भएको हुदा मालबाहक सवारी साधनहरु बढी दुर्घटनामा पर्ने गरेको छ । हालसम्म सडक निर्माण पश्चात छोटो समयमा नै यस्ता प्रकृतिका ८ वटा दुर्घटना भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*