निर्वाचनमा तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनका दलहरुको नेता कार्यकर्तालाई अपिल

मकवानपुर । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि पाँचै दलका शीर्ष नेताहरुले अपिल जारी गरेका हुन् ।...

एमालेले उम्मेदवारको सिफारिस टुंग्याउँदै

मकवानपुर । नेकपा एमालेले भटाभट स्थानीय चुनावका लागि उम्मेदवारहरुको सिफारिस टुंग्याउदै गएको छ । एमालेले यही चैत ३० गतेभित्र सिफारिस पठाईसक्न जिल्लाहरुलाई निर्देशन दिएकाे हाे । जिल्लाहरुबाट सिफारिस प्रदेशमा आएपछि प्रदेश कमिटिले उम्मेदवारहरुको टुंगो लगाउने छ । प्रदेशले टुंगो...

छलफलबिनै आचारसंहितामा लिखित प्रतिवद्धता गराउन खोजेको भन्दै दलहरुद्वारा विरोध

मकवानपुर । निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको आजको छलफलमा चर्काचर्की भएको हो ।...

सत्ता गठबन्धनको बैठक बस्दै

मकवानपुर । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुनेभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न...

एमाले गठबन्धनको पक्षमा नभएको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई

मकवानपुर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्। प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।’ स्थानीय आवश्यकताअनुसार...

काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

मकवानपुर । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ । मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति...

शिक्षा क्षेत्रको विकासमा राष्ट्रपतिको जोड

मकवानपुर। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । भुकम्पले क्षती पुर्याएको सिन्धुपाल्चोकस्थित पाँच पोखरीको थाङ्पाल भ्याली विद्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यालयलयको आज ९आइतबार० उद्घाटन गर्दै भण्डारीले विद्यालय स्थापनाले शिक्षा क्षेत्रको विकासमा...

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएको थियो । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको...

गठबन्धन प्रतिगमनकारीका विरुद्ध बनेको अध्यक्ष प्रचण्डको दावि

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताउनुभएको छ । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आइतबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई...

लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत वृद्धि

मकवानपुर । सरकारले लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत वृद्धि गरेको छ । सरकारले आज (आइतबार) देखि लागू हुनेगरि अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिश वृद्धिगरेको हो । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा...