कार्यदललाई १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न निर्देशन

बकैया दर्पण संवाददाता
९ भाद्र २०७९, बिहीबार १३:२०

मकवानपुर । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउन निर्देशन दिएको कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सिट बाँडफाँटको विषयमा कार्यदललाई अहिलेको परिस्थितीको अवस्थाबारे अध्ययन गरिरहेको समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*