आज पनि एमालेको केन्द्रीय कमिटी बैठक जारी

बकैया दर्पण संवाददाता
११ भाद्र २०७९, शनिबार १०:५२

मकवानपुर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज शनिबार पनि जारी रहने भएको छ ।

बैठक बिहान १०ः३० बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार शनिबारको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि शनिबार नै निष्कर्ष सुनाइने छ ।

शुक्रबारको बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*