ओलीको प्रतिवेदनमा गठबन्धनको आलोचना ( प्रतिवेदनको पूर्ण पाठ )

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १५:४६

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा ओलीले १९ पृष्ठको प्रतिवेदन पेश गर्नु भएको हो । ओलीले प्रतिवेदनमा देशको वर्तमान समसामयिक राजनीति,सरकारको समीक्षा, भूराजनीतिक अवस्था लगायतका विषय समेट्नु भएको छ । प्रतिवेदनमा ओलीले वर्तमान गठबन्धन सरकारको आलोचना गर्नुभएको छ ।
प्रतिवेदनको पूर्ण पाठ

उहाँले गठबन्धनले एमालेलाई एक्ल्याउने प्रयास गरेपनि जनमत भने एमालेको पक्षमा रहेको दाबी गर्नुभएको छ । त्यसैगरी उहाँले एमालेसँग डराएर सत्ता गठबन्धनमा दलहरुको संख्या बढ्न थालेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । पाँच दलीय सत्ता गठबन्धनले देशमा संकट पैदा गराएको जिकिर प्रतिवेनमा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*