प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
८ भाद्र २०७९, बुधबार ११:४६

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि भेटवार्ता भएको छ ।

कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसहित सुवास नेम्वाङ र विष्णु पौडेल बालुवाटार पुग्नुभएको हो । भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

भेटवार्तामा आगामी निर्वाचन, संसदमा रहेको विधेयकहरूको बिषयमा छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले बताउनुभयो ।

सरकारले प्रतिपक्षी दललाई वेवास्ता गरेर पछिल्लो समय महत्वपूर्ण विधेयक अघि बढाइरहेको छ । सत्ता पक्ष र प्रतिपक्ष दलबीच राष्ट्रिय सहमति बन्नुपर्ने बिषयमा समेत बहुमतको आडमा सत्ता गठबन्धन चलिरहेको छ ।
प्रधानमन्त्रीसँगको भेटमा ओलीले पछिल्लो समय बढेको मुल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाव समेत दिनु भएको छ ।

पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। अध्यक्ष ओलीले सरकारले संसदमा टेबुल गरेको प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक च्यात्नु पर्ने अवस्था नआओस भन्दै चेतावनी दिँदै आउनु भएको छ ।

ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटार पुग्नुभएको हो । कांग्रेस नेता मिनेन्द्र रिजालले हिजो एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेटवार्ता गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*