समानुपातिक तर्फ कमल थापाको राप्रपा नेपाललाई साढे २१ हजार मत

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभातर्फ प्रत्यक्षको मतगणना भने सम्पन्न भइसकेको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको हो । पछिल्लो मत परिणाम...

कुन प्रदेशमा कस्तो सरकारको सम्भावना ?

मकवानपुर । अहिलेसम्म संघीय सरकार कस्ले बनाउने र कस्को बन्ने भन्ने स्पष्ट नभइसकेकोले प्रदेश सरकार निर्माणमा पनि अलमल देखिएको छ । केन्द्रमा सत्ता गठबन्धनले अहिलेसम्म प्राप्त गरेको सिट संख्या र समानुपातिकमा प्राप्त गरेको मतको आधारमा सत्ता गठबन्धनले सरकार बनाउने...

समानुपातिकतर्फ १३ लाख मत जाने भयो खेर

मकवानपुर । प्रतिनिधि सभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ । मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो ।...

बालुवाटार बैठकको निर्णय : सत्ता गठबन्धनलाई निरन्तरता दिने

मकवानपुर । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक...

१६५ स्थानको अन्तिम नतिजा सार्वजनिक(सूचीसहित)

मकवानपुर । यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको १६५ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दोलखाको अन्तिम मत परिणाम आएसँगै १६५ प्रतिनिधि सभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । प्रत्यक्षतर्फको अन्तिम...

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ क्षेत्रमा जित निकाल्दै सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको...

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

मकवानपुर । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरी विजयी...

कांग्रेसबाट ५७ जना प्रतिनिधि सभामा निर्वाचित

मकवानपुर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट ५७ जना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । १६५ निर्वाचनमध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको...

दोलखामा एमालेका शिवाकोटी अगाडि

मकवानपुर । दोलखामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत हाल मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म ७८ हजार ९७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले आफ्नो...

आज सत्ता गठबन्धनको बैठक बस्दै

निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । उक्त बैठकमा प्रतिनिधि...