कोभिड देखिए तुरुन्तै आइसोलेशनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

बेला बेलामा साबुन पानीले हात धुन आग्रह
बकैया दर्पण संवाददाता
६ बैशाख २०८०, बुधबार १९:५३

काठमाडौं, ६ वैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ संक्रमण देखिए तुरुन्तै सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह गरेको छ।

मन्त्रालयले एक सुचना जारी गर्दै कोरोना भाइरस संक्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो।

मन्त्रालयको अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन। सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजान आग्रह गरेको छ।

मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*