उपनिर्वाचन अपडेट बारा–२ मा शिवचन्द्र कुशवाहको अग्रता कायमै

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार १७:००

मकवानपुर । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता कायमै रहेको छ ।

सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार कुशवाहले १ हजार १४६ मत पाउनु भएको छ । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत पाउनु भएको छ ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो । गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी हुनुभएको थियो । चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । त्यही कारण उपनिर्वाचन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*