उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान सुरु

बकैया दर्पण संवाददाता
१० बैशाख २०८०, आईतवार ०७:२९

मकवानपुर । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतदान आज बिहान ७ बजेबाट सुरु भइ बेलुका ५ बजेसम्म हुने आयोगले जनाएको छ।

आयोगले उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ। चितवन–२ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यस्तै, बारा–२ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यसैगरी, तनहुँ–१ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*