समतामूलक समाज निर्माणमा सहयोग गर्ने देउवाको विश्वास

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार ०८:२९

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै मतदानमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको उल्लेख गरेका छन् ।

‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा तनहुँ—१, चितवन—२ र बारा—२ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
आइतबार तनहुँ, चितवन र बाराका तीन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*