शनिबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बकैया दर्पण संवाददाता
८ बैशाख २०८०, शुक्रबार ०९:५५

मकवानपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार दोस्रोपटक विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले पुस २९ गते पहिलोपटक विश्वासको मत लिनु भएको थियो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

६० सदस्यीय प्रदेश सभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, माओवादी केन्द्रका ८, राप्रपाका २ तथा स्वतन्त्र १ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*