त्रिवि शिक्षण अस्पतालमा दशौ पटक कलेजो प्रत्यारोपण

बकैया दर्पण संवाददाता
६ बैशाख २०८०, बुधबार २०:००

काठमाडौँ, ६ वैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ। कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार ९हिजो० शिक्षण अस्पतालमा दशौँ प्रत्यारोपण गरेको हो।

डा भण्डारीका अनुसार प्रत्यारोपणका लागि कलेजो फेल भएका ३१ वर्षका बिरामी पुरुषलाई हाँकी ३० वर्षकी श्रीमतीले कलेजो दान गर्नुभएको हो ।

त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो। अहिले प्रत्यारोपण गरिएका व्यक्तिको अवस्था सामान्य रहेको छ । केहीदिन अस्पताल राखेर डिस्चार्ज गरिने डा.भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*