अर्थसचिव मरासिनी काममा फर्किए

मकवानपुर । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निराैलाले भने...

प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमा उहाँले विशेष महाधिवेसनसहितको प्रस्ताव...

सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

मकवानपुर । प्रतिनिधिसभाबाट सामाजिक सुरक्षा (पहिलो शंशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो । त्यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट आएको संशोधनको विषयलाई पनि...

महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको छ । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको हो । काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको...

बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार जारी मतदानमा फेरि विवाद भएको छ । त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएको हो । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा...

बाजुराको बुढीगंगामा मतदान जारी, एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा

मकवानपुर । बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ। मतदान बिहान ९ बजे...

सरकारले आज संसदबाट नागरिकता विधेयक फिर्ता लिने

मकवानपुर । दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको...

असार २६ गते देशभर सार्वजनिक विदा हुने

मकवानपुर । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरूको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने घाेषणा गरिएकाे हाे । सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाइने

मकवानपुर । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो । ‘संसदीय छानबिन...

बाजुराको बुढीगंगा नगरपालिकामा भोलि पुनः मतदान हुने, सुरक्षा व्यवस्था कडा

मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही...