माओवादी अध्यक्ष प्रचण्ड भोलि भारतको तीन दिने भ्रमणमा जाने

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार ११:१०

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ((प्रचण्ड)) शुक्रबार भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड तीन दिने भ्रमणका लागि जान लाग्नु भएको हो । भाजपाले हरेक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन जान लाग्नु भएको हो । भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले प्रचण्डलाई निमन्त्रणा गर्नुभएको हो ।

त्यहाँ रहँदा प्रचण्डले उच्च स्तरीय भेटघाट गर्नसक्ने बताइए पनि भेटघाटको तालिका भने प्रष्ट भईनसकको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट मिलाउने कोशिस भईरहेको बुझिएको छ । प्रचण्ड भाजपा मूख्यालय पनि जाने कार्यक्रम रहेको बुझिएको छ । उहाँ साउन १ गते स्वदेश फर्कनु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*