उपसभामुखमा काँग्रेसका पुष्पा र एमालेका विद्याबीच भिडन्त हुने

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार १३:३५

मकवानपुर । नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ।प्रतिनिधिसभाको उपसभामुखको शुक्रबार हुन लागेको निर्वाचनमा एमालेको तर्फबाट भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो ।

यस्तै, गठबन्धनबाट कांग्रेसका पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेदवारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो ।
तर, अब भने कांग्रेसका भुसाल र एमालेका भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । यता, लोसपाबाट भने उम्मेदवारी परेन । लोसपाले गठबन्धनलाई सहयोग गर्ने भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*