सभामुख सापकोटाद्वारा उपसभामुखको निर्वाचनकाे कार्यतालिका घोषणा

बकैया दर्पण संवाददाता
२९ असार २०७९, बुधबार १४:२०

मकवानपुर । प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही असार ३१ गते शुक्रबार हुने भएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गर्नुभएको हो । त्यस अवसरमा उहाँले उपसभामुख पदको निर्वाचन कार्यतालिकाको सूचना आजै प्रकाशित गर्न पनि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएकाे छ ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा नियमावली २०७५ को निमय ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि यही २०७९ साल असार ३१ गते शुक्रबारको दिन तोकेको छु । साथै उक्त नियमावली बमोजिम प्रतिनिधिसभाको सचिव श्री गोपालनाथ योगीलाई उपसभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना आजै प्रकाशित गर्न निर्देशन दिन्छु ।’

२०७६ साल माग महिनादेखि उपसभामुखकाे पद रिक्त रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*