आज उपसभामुखका लागि मनोनयन दर्ता हुने

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार ११:२५

मकवानपुर । प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ। रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ।
उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली रहँदै आएको थियो।
संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*