कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार ११:२८

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ । भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने लगायतका विविध एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
हिजोको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेस भएको थियो । यसैगरी, गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचारप्रसार समितिले गरेको कामको प्रतिवेदन पनि पेस भएको थियो । स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो । महतका अनुसार केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*