ऐतिहासिक रूसलाई एकीकृत गर्न युक्रेनमा आक्रमण गरेको पुटिनको तर्क

बकैया दर्पण संवाददाता
११ पुष २०७९, सोमबार ११:११

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले ऐतिहासिक रुसलाई एकीकृत गर्नका लागि युक्रेनमा आक्रमण गरेको तर्क गर्नुभएको छ ।

रुसी राष्ट्रवादी टेलिभिजन रोसिया वानलाई दिएको एक अन्तर्वार्ताका क्रममा पुटिनले विदेशीहरुले विभाजन गरिदिएका रुसी जनतालाई एकीकृत गर्न युक्रेनमा हमला गरेको बताउनुभएको हो । रुसका भू–राजनीतिक दुश्मनहरुले रुस र रुसी जनतालाई विभाजित छुट्याउन चाहेको भन्दै उहाँले आफूले ऐतिहासिक रुसलाई एकीकृत गर्न चाहेको बताउनुभयो ।

रुसका दुश्मनहरु सधै विभाजन गरेर विजयी बन्ने भन्ने रणनीतिमा रहेको र अहिले पनि उनीहरुले त्यही गर्न खोजिरहेको पुटिनको दावी छ । अन्तर्वार्ताका क्रममा पुटिनले बारम्बार रुस वार्ताबाट समाधान खोज्न तयार रहेको बताउनुभयाे । तर युक्रेनका पश्चिमा सहयात्रीले त्यसलाई अस्वीकार गर्दै आएको दावी समेत उहाँले गर्नुभएको छ ।

यसैबीच, आइतबार रुसी सेनाले गरेको आक्रमणबाट युक्रेनको दक्षिणी शहर खर्सोनमा १६ जनाको मृत्यु भएको र ६४ जना घाइते भएको युक्रेनी सैन्य अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*