सिरियामा सैनिक अधिकृतको दिक्षान्त समारोहमा ड्रोन हमला, सय जनाको मृत्यु

बकैया दर्पण संवाददाता
१९ आश्विन २०८०, शुक्रबार ११:०३

एजेन्सी । युद्धग्रस्त सिरियामा गएराति सैनिक क्याम्पमा भएको ड्रोन आक्रमणमा सय जनाको मृत्यु भएको छ ।

सैनिक अधिकृतको दिक्षान्त समारोह भैरहेका बेला आक्रमण गर्दा यति ठूलो हताहती भएको हो । आक्रमणमा अरु दजनौ घाइते भएका छन् । सैनिक प्रतिष्टानमा भएको दिक्षान्त कार्यक्रममा रक्षा मंत्री सहभागी भएर फकिएको केही समयमै भएको ड्रोन हमलालाई सीरियाली सैनिक माथि भएको अहिलेसम्मकै घातक हमला भनिएको छ ।

पछिल्लो १२ बर्षदेखि सिरिया गृहयुद्धको मारमा परिरहेको छ । हमलामां दिक्षान्तमा सहभागी अधिकृतका बालबालिकासहित परिवारका सदस्यसमेत परेको जनाइएको छ । आक्रमणमा अन्तर्राष्ट्रिय आतंकवादीसंगठनकै हात रहेको सेनाको आरोप छ । तर आक्रमणको हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*