बाइडेनद्वारा गाजाका लागि दश करोड डलर सहयोगको घोषणा

बकैया दर्पण संवाददाता
२ कार्तिक २०८०, बिहीबार १२:३०

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका युद्ध पीडित सर्वसाधारणका लागि दश करोड डलर बराबरको मानवीय सहायता घोषणा गर्नुभएको छ ।

इजरायलको छोटो भ्रमण सकेर फर्कनु अघि बाइडेनले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडित सर्वसाधारणका लागि भोजन, पानी र औषधीका लागि सहायता घोषणा गर्नुभएको हो । बाइडेनले सहायता हमासको हातमा नपर्ने ग्यारेन्टी गर्दै सहायता गाजामा पु¥याइने पनि बताउनु भएको छ ।

उता, राष्ट्रपति बाइडेनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा सहायता पु¥याउनका लागि आफ्नो सीमा खुला गर्न सहमत भएको छ । इजरायलले भने हमासको कब्जामा रहेका आफ्ना नागरिक मुक्त नभएसम्म आफ्नो सीमातर्फबाट कुनै पनि सहयोग सामग्री समेत प्रवेश गर्न नदिने अडान लिएपछि बाइडेनले इजिप्टलाई आग्रह गर्नुभएको हो । यदि सहायत सामग्री हात पार्ने कोशिस हमास वा कुनै आतंककारी समूहले गरेमा त्यो तत्काल रोकिने चेतावनी पनि बाइडेनले दिनुभएको छ ।

राष्ट्रपति बाइडेनले गाजाको अस्पतालमा भएको आक्रमणमा इजरायलको हात नरहेको भन्दै इजरायललाई सफाइ समेत दिनुभएको छ । भ्रमणका क्रममा बाइडेनले पश्चिम एशियामा इजरायल एक्लो छैन र उसको साथमा अमेरिका छ भन्ने बुझ्न पनि इजरायलका विरोधीहरुलाई सन्देश दिनुभएको छ । हमास–इजरायल युद्धमा अहिलेसम्म चार हजार बढीको मृत्यु भईसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*