अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प जाँदा १ सय २० जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२१ आश्विन २०८०, आईतवार १०:१७

एजेन्सी । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको छ । उक्त भुकम्पमा परि १ सय २० जनाको मृत्यु भएको छ ।

भुकम्पमा १ हजार घाइते हुँदा सयौं भग्नावशेषमा पुरिएका छन् । पश्चिमी अफगानिस्तानको इरानको सीमा नजिक रहेको पश्चिमी शहर हेरातभन्दा ४० किलोमिटर टाढा केन्द्रबिन्दु मापन गरिएको भुकम्पको धक्का इरान सम्म महसुस गरिएको थियो ।

भुकम्पका कारण सयौ भवनहरु भग्नावशेषमा परिणत भएका छन् । पटक पटक गरी ३ पटक सम्म गएको भुकम्पका घाइतेहरुले अस्पताल खचाखच भरिएको छ । हेरात प्रान्तको प्रकोप व्यवस्थापन प्रमुख मोसा अशारीले घाइते मध्ये महिला र बालबालिका लगाएत बृद्धबृद्धाको संख्या अत्यधिक रहेको भन्दै हजारौं उद्धारकर्मीहरु परिचालन गरिएको जनाएका छन् ।

अफगानिस्तानको साँस्कृतिक राजधानी मानिने हेरात शहरको इन्जिल जिल्ला भुकम्पले बढी प्रभावित भएको छ । यसअघि गत वर्षको जुनमा पाकटिकामा ५ दशमबल ९ म्याग्निच्युडको भूकम्प जाँदा १ हजार बढीले ज्यान गुमाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*