उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जान लागेको अमेरिकी दाबी

बकैया दर्पण संवाददाता
१९ भाद्र २०८०, मंगलवार ११:१०

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना रुसको भ्रमण गर्न लागेको दाबी अमेरिकाले गरेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार रुस र युक्रेनबीचको युद्धमा रुसको समर्थन गर्न उहाँ रुस भ्रमणमा जान लाग्नुभएको हो । यद्दपी उत्तर कोरियाले भने भ्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन ।

भ्रमणकै क्रममा उत्तर कोरियाले रुसलाइ हतियार उपलब्ध गराउने बारे रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच छलफल हुने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

ह्वाइट हाउसका अनुसार दुइ देशबीच हतियारको उपलब्ध गराउने सम्बन्धमा सक्रिय रुपमा वार्ता अघि बढिरहेको र किम जोङ उनको भ्रमणपछी के कति हतियार उपलब्ध गराउने भन्ने बारे निर्णय हुनेछ ।

रुसलाई हतियार उपलब्ध गराएमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने चेतावनी अमेरिकाले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*