कतारमाथि नेपालको सहज जितः महिला क्रिकेट

बकैया दर्पण संवाददाता
१८ भाद्र २०८०, सोमबार १३:१२

मकवानपुर । कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन जोड्यो । उसका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् ।

बलीङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् । जवाफमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर पार गर्‍यो । नेपालको लागि काजल श्रेष्ठले ३२ रन जोड्दा इन्दु बर्माले अविजित २० रन तथा सिता रानामगरले अविजित १७ रन जोडिन् ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । समूहको अन्तिम खेलमा नेपालले बुधवार युएईसँग खेल्नेछ । उक्त खेलले समुह विजेताको टुंगो लगाउनेछ ।

सन् २०२४ मा हुने महिला टि–ट्वेन्टी विश्वकपका लागि भईरहेको एसियाली छनौटबाट फाइनलमा पुग्ने दुई टोली अर्को वर्ष हुने ग्लोबल छनौटमा पुग्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*