इजरायलबाट गाजा क्षेत्रमा रातभर बमबारी, दुई प्यालेस्टाइनी पत्रकार पनि मारिए

बकैया दर्पण संवाददाता
२३ आश्विन २०८०, मंगलवार ११:४९

एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ ।

विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार सात सय बढी प्रहार गरेको भन्दै हमासका ७३ वटा कमाण्ड सेन्टर, ४७५ वटा रकेट प्रणाली र २२ वटा भूमिगत अखडा ध्वस्त बनाएको दाबी गरेको छ । गाजामा पानी, विजुली, इन्धन, खाद्यान्न लगायतको आपूर्ति बन्द गरेर इजरायलले भीषण बमबारी थालेको हो ।

उता, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट अहिलेसम्म ७ सय ४ जना मारिएको भन्दै मारिनेहरुमा १४३ बालबालिका र १०५ जना महिला रहेको जनाएको छ । आक्रमणबाट ४ हजार सर्वसाधारण घाइते भएको प्यालेस्टिनी दाबी छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरालयले युद्धको शुरुवात नै नगरेको भन्दै शत्रुहरुले दशकौंसम्म सम्झिरहने गरी युद्धको अन्त्य गरिदिने चेतावनी दिनुभएको छ । हमासले इजरायलमाथिको आक्रमण अक्षम्य गल्ती थियो भनेर सधैं सम्झिरहने उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*