भारतीय र चिनियाँ सैनिकबीच झडप, १५ भारतीय सैनिक घाइते

बकैया दर्पण संवाददाता
२७ मंसिर २०७९, मंगलवार १२:१०

भारतको अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । गएको शुक्रबार त्यहाँ भारतीय र चिनियाँ सैनिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । त्यसक्रमा दुवै पक्षका केही सैनिक घाइते भएका भारतीय सेनाले जनाएको छ । शुक्रबार भएको हिंसात्मक झडपमा हालसम्म १२ देखि १५ भारतीय सैनिक घाइते भएका बताइएको छ । अंग्रेजी पत्रिका द टेलिग्राफमा प्रकाशित समाचारका अनुसार रक्षा मन्त्रालयसँग सम्बन्धित एक स्रोतले सो झडपमा भारतीयभन्दा चिनियाँ सैनिक बढी घाइते भएका दाबी गरेका छन् ।

चिनियाँ सैनिकले सीमा पार गरेर भारत प्रवेश गर्न खोज्दा भारतीय सेनाले रोक्न खोजेका थिए । त्यसपछि दुवै पक्षबीच झडप भएको जनाइएको छ । पहिले दुई पक्षबीच झडप र त्यसपछि ढुंगा हानाहान भएको स्रोतलाई उल्लेख गर्दै द टेलिग्राफले जनाएको छ । झडपमा चिनियाँ सैनिकले किला ठोकिएको लाठीको प्रयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*