अर्का युवकलाई पनि इरानमा दिइयो फाँसी

बकैया दर्पण संवाददाता
२७ मंसिर २०७९, मंगलवार ११:५५

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शनमा संलग्न अर्का एक युवकलाई मृत्युदण्डको सजाय दिइएको छ । इरानको मशहद सहरमा माजिद्रेजा रहनावार्ड नाम गरेका युवकलाई सार्वजनिक रूपमा फाँसी दिइएको हो । इरानमा सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित यो दोस्रो फाँसी हो । रहनावार्डले अर्धसैनिक प्रतिरोधी बलका दुई सदस्यलाई छुरा प्रहार गरेको खुलासा भएपछि अदालतले उनलाई भगवानविरुद्धको शत्रुताको आरोपमा दोषी ठहर गरेको हो ।

यस्तै, सामान्य प्रक्रिया समेत पूरा नगरी मृत्युदण्ड दिएको भन्दै मानव अधिकार समूहहरूले ब्यापक बिरोध गरेका छन् । इरानमा प्रदर्शन भने जारी नै छ । प्रदर्शनकारीहरुले पछिल्लो समय सरकारको क्रुरताको बिरोध गदै नाराबाजी गरेका छन् । पहिरन मापदण्ड पालना नगरको आरोपमा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि चर्केको आन्दोलन अझै मत्थर हुन सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*