युक्रेनमा मिसाइल आक्रमणमा परेर कम्तिमा २ जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२० मंसिर २०७९, मंगलवार ०९:५६

युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमणमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको हो ।

युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका मानिसहरु भूमिगत रेल स्टेशनहरुमा शरण लिएर बसेको देखिन्छ । यतिबेला त्यहाँको तापक्रम माइनस ५ डिग्री सेल्सियस छ ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एयर डिफेन्स फोर्सले केही रुसी मिसाइललाई असफल पारेको बताएका छन् । साथै उनले बिजुली आपूर्ति सुरु गराउने काम भइरहेको जानकारी पनि दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*