प्यालेसटाइनमा शरणार्थी शिविरकाे एक घरमा आगलागी हुँदा २१ जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२ मंसिर २०७९, शुक्रबार १०:१५

एजेन्सी । प्यालेसटाइनको उत्तरी गाजा क्षेत्रमा रहेको एउटा शरणार्थी शिविरमा आगलागी हुँदा १० जना बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।

गाजास्थित जाबालिया शरणार्थी शिविरको एउटा घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । सामाजिक सञ्जालमा आएका भिडियोहरुमा आगलागीबाट पूरै घर जलेर नष्ट भएको देखिएको छ । आगलागीका क्रममा घरभित्र रहेकाहरुबीच कोलाहल र रुवाबासी चलेको थियो ।

जलिरहेको भवनको झ्यालबाट टाउको बाहिर निकालेर गुहार मागिरहेका दर्दनाक दृष्य पनि सामाजिक सञ्जालमा आएका छन् । भवनभित्रबाट चिच्याईरहेका पीडितका आफन्तजहरुले सडकबाट गुहार मागिरहेका थिए । भवनभित्र बस्दै आएको एउटा परिवारले विदेशबाट आफन्त फर्किएको खुशीयालीमा पार्टी गर्ने क्रममा भान्साबाट आगो सल्किएको प्रारम्भिक छानविनबाट थाहा भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

प्यालेसटाइनका राष्ट्रपति महमुद अब्बासले घटनाप्रति दु:ख व्यक्त गर्दै देशभर एक दिनको शोक घोषणा गर्नुभएको छ । उता, इजरायली रक्षा मन्त्ती बेन्नी गान्जले मानवीय हैसियतमा दुर्घटनामा घाइते भएकाहरुलाई इजरायली अस्पतालहरुमा उपचार गर्ने बताउनुभएको छ । २३ लाख मानिस बस्ने गाजा विश्वमै सबै भन्दा बढी जनघनत्व भएको क्षेत्र हो ।

जहाँप्रति वर्ग किलोमिटर ९ हजार मानिस बस्ने गर्दछन् । त्यहाँ रहेका ८ वटा शरणार्थी शिविरमा मात्रै ६० हजार मानिसहरु बस्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*