राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको घोषणा

बकैया दर्पण संवाददाता
३० कार्तिक २०७९, बुधबार ११:४८

एजेन्सी । सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रपतीको उम्मेदवार बन्न अब उहाँले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ। राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गर्नुभएको छ ।

फ्लोरिडाको मार–ए–लागोमा भएको र्‍यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गर्नुभएको हो । र्‍यालीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अमेरिकालाई पुनः महान तथा गौरवशाली बनाउन आज राति म अमेरिकाको राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दैछु।’

उहाँले अमेरिकी जनताबाट आफूले धेरै माया पाएको प्रतिक्रिया दिनुभएको छ । कट्टरपन्थी वाम डेमोक्रेट्सले अमेरिकालाई तहसनहस बनाएको आरोप लगाउँदै उनीहरुलाई हराएरै छाड्ने ट्रम्पको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*