विश्व युक्रेनको राजधानी किभमा थुप्रै बिस्फोट

बकैया दर्पण संवाददाता
३१ आश्विन २०७९, सोमबार ११:२०

एजेन्सी । युक्रेनको राजधानी किभमा कम्तीमा तीनवटा बिस्फोट सुनिएको छ । किभका मेयर भिटाली क्लित्सकोले विष्फोटले सेन्ट्रल शेभचेन्किभ्स्कीमा रहेको आवासीय भवनमा क्षति पुगेको बताउनुभयाे । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले कामिकेजे ड्रोनबाट विष्फोट गराएको दाबी गरेको छ ।

गत साता पनि रुसले युक्रेनको धेरै सहरमा मिसाइल आक्रमण गरेको थियो जसमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो । किभमा बीबीसी संवाददाता पाउल एडम्सका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजे विस्फोट भएको हो ।

उद्धारकर्मी घटनास्थल पुगिसकेको उहाँले बताउनुभयाे । उहाँले हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गर्नुभएकाे छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता क्रिमियन पुलमा भएको आक्रमणको लागि युक्रेनको विशेष सेवा जिम्मेवार रहेको बताएका थिए । रुसले क्रिमियामा गएर पुलमा क्षति पुर्याएपछि बदला लिइएको उहाँले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*