इराकमा कार्यवाहक राष्ट्रपति सालेहलाई झट्का, अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने निश्चित

बकैया दर्पण संवाददाता
२८ आश्विन २०७९, शुक्रबार ११:५०

एजेन्सी । इराकमा अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने हुनुभएको छ । योसँगै पछिल्लो एक वर्षदेखि इराकमा भइरहेको गतिरोध अन्त्य हुने विश्वास लिइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार उहाँले संसदमा भएको मतदानमा १ सय ६० भन्दा धेरै सांसदको समर्थन प्राप्त गर्नुभएको छ । इराकमा सांसदको सङ्ख्या ३ सय २९ रहेको छ । उहाँले अहिलेका कार्यवाहक राष्ट्रपति बरहाम सालेहलाई झट्का दिनुभएको छ । सालेहले जम्मा ९९ सांसदकाे समर्थन पाउनुभएको छ ।

इञ्जिनियर समेत रहेका ७८ वर्षका रशिद सन् २००३ देखि २०१० सम्म जल संशाधन मन्त्रीसमेत बन्नुभएको थियो । अब नयाँ सरकार बनाउन उहाँलाई १५ दिनको समय भएको खबरमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*