भोलि इराकमा राष्ट्रपतीय निर्वाचन

बकैया दर्पण संवाददाता
२६ आश्विन २०७९, बुधबार १३:४९

एजेन्सी । इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ। इराकी संसद्ले बिहीबार राष्ट्रपतीय निर्वाचन गर्ने भएको हो ।

इराकी संसद्का सभामुख मोहमद अल हलबोसीले उक्त जानकारी गराएका हुन्। सन् २००३ मा इराकमा भएको शक्ति बाँडफाँड तथा हस्तान्तरणसम्बन्धी सम्झौतानुसार यहाँ राष्ट्रपति पद कुर्दहरूका लागि छुट्याइएको छ ।

त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरूका लागि छुट्याइएको छ। सोहीअनुसार यहाँका पद बाँडफाँड हुदै आएका छन् । इराकमा केही महिनादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक भागबण्डाका कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायबीच आन्तरिक विवाद रही आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*