उत्तर कोरियाद्धारा ब्यालेस्टिक मिसाइल परीक्षण

बकैया दर्पण संवाददाता
९ आश्विन २०७९, आईतवार १०:०७

एजेन्सी । उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका हुन् । उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो । अमेरिकी सैन्य विमान संयुक्त सैन्य अभ्यासका लागि दक्षिण कोरिया आएको केही दिनमै उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो ।

यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले आफ्नो शक्ति प्रदर्शन गरेको ठानिएको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षण गम्भीर उक्साहट रहेको दक्षिण कोरियाले बताएको छ । संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले त्यसको उल्लंघन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*