उज्वेकिस्तानमा रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
३१ भाद्र २०७९, शुक्रबार १०:३२

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ ।

भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशंसा समेत गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिन र चिनियाँ समकक्षीबीच पहिलोपटक प्रत्यक्ष रूपमा उज्वेकिस्तानको समरकन्दमा भेट भएको हो ।

चिनियाँ राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रुससँग सहकार्य गर्न खोजेको बताउनुभएको बीबीसीले जनाएको छ । चीनले युक्रेनमा रुसले गरेको आक्रमणको खुलेर समर्थन गरेको छैन तर युद्ध सुरु भएयता दुई देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ । यसअघि दुई शीर्ष नेताहरुबीच शीतकालीन ओलम्पिक्सका क्रममा बेइजिङमा गएको फेब्रुअरीमा भेट भएको थियो ।

त्यसको केही दिनमै रुसले युक्रेन आक्रमण सुरू गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*