युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

बकैया दर्पण संवाददाता
३० भाद्र २०७९, बिहीबार १०:१६

मकवानपुर । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताउनुभएको छ । कारका चालकलाई तत्काल एम्बुलेन्सले अस्पताल पुर्याएकाले राष्ट्रपति जेलेन्स्की पनि घाइते भएको अनुमान गरिएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*