महारानी एलिजावेथको शव एडिनबर्ग दरबार परिसरमा

बकैया दर्पण संवाददाता
२७ भाद्र २०७९, सोमबार १०:३०

एजेन्सी । दिवंगत बेलायतकी महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ ।

स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो । शव ल्याउने शहर, गाउँ र बाटोभरी मानिसहरू लाइन लागेर दिवंगत महारानीप्रति श्रद्धाञ्जली दिएका थिए । बिरामी अवस्थाकी महारानी आरामका लागि स्कटल्याण्ड गएको बेला त्यही नै उहाँको निधन भएको थियो ।

शव एडिनबर्ग आईपुगेपछि शाही पाश्ववर्ती सेनाले सलामी दिएको थियो । त्यसपछि गद्दी बैठकमा राखेर दरबारका कर्मचारी तथा आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए । महारानीको शवलाई साेमबार सेन्ट गिल्स क्याथेड्रलमा लगिने भएकाे छ । जहाँ नवनियुक्त राजारानी तथा शाही सदस्यहरूको उपस्थितिमा पादरीहरूले प्रार्थना गर्ने छन् । स्कटल्याण्डका जनताको दर्शनका लागि शवलाई २४ घण्टा सोही स्थानमा राख्ने परम्परा रहेको छ । मंगलबार साँझ शव पुनः बकिङघम दरबारमा लगेर वेस्टमिन्स्टर हलमा राखिने छ । सेप्टेम्बर १९ दिन बिहान महारानी एलिजावेथको अन्त्यष्टि वेस्टमिन्स्टर हलमै गरिने भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*