पपुवान्युगिनीमा साढे सात रेक्टरस्केलको भूकम्प

बकैया दर्पण संवाददाता
२६ भाद्र २०७९, आईतवार १०:३१

एजेन्सी । पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवान्युगिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले जनाए अनुसार पुर्वी क्षेत्र केन्द्रबिन्दु भइ गएको भुकम्पका कारण केन्द्र बिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा रहेको छ । भूकम्पले ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको भएपनि के–कति मानवीय तथा अन्य क्षति भयो भन्नेबारे आधिकारी जानकारी नआएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*