रुसविरुद्ध लगाएको नाकाबन्दी नहटाएसम्म युरोपमा ग्याँस आपूर्ति नगर्ने रुसको प्रष्टोक्ति

बकैया दर्पण संवाददाता
२१ भाद्र २०७९, मंगलवार १०:२३

एजेन्सी । पश्चिमा देशहरुले रुसविरुद्ध लगाएको नाकाबन्दी नहटेसम्म युरोपमा ग्याँस आपूर्ति सुचारु नहुने भएपछि युरोपमा चरम उर्जा संकटको त्रास बढेको छ ।

गत साता केही दिनका लागि भन्दै युरोपमा ग्याँस आपूर्ति गर्ने नोर्डस्ट्रिम वान पाइपलाइन बन्द गरेको रुसले नाकाबन्दी कायम रहेसम्म ग्यास आपूर्ति सुचारु नहुने प्रष्ट पारको हो । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले ग्याँस आपूर्ति बन्द हुने मुख्य कारण नै पश्चिमा नाकाबन्दी हो भनेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसोकोभले बेलायत, जर्मनीलगायत पश्चिमा देशहरुले रुसका केही ठूला कम्पनीहरुविरुद्ध नाकाबन्दी गरेपछि समस्या उत्पन्न भएकाले त्यसको सम्बोधन नभई ग्याँस लाइन नखुल्ने बताएका छन् ।

बढ्दो उर्जा संकटले दिन प्रतिदिन कठिनाई भोगिरहेका युरोपेली जनताले रुसले कहिले ग्याँसलाइन खोलिदेला भन्ने प्रतिक्षा गरिरहेको बेला रुसको यस्तो भनाइ आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*