पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन

बकैया दर्पण संवाददाता
१५ भाद्र २०७९, बुधबार १०:०३

एजेन्सी । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गाेर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ सोभियत युगका अन्तिम नेता मानिन्छन् । सोभियत संघको नेतृत्व गरिरहँदा गाेर्बाचेभले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । कम्युनिष्ट सरकारले नेतृत्व गरेको अवस्थामा त्यसबेला सरकारको आलोचना गर्न रोक थियो । लामो समयदेखि रोगसँग लडिरहेका गाेर्बाचेभको उपचारका क्रममा निधन भएको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाेर्बाचेभको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गोर्बाचेभको निधनले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लेनले पनि गाेर्बाचेभलाई स्वतन्त्र युरोपको मार्ग प्रशस्त गर्ने ‘विश्वसनीय र सम्मानित नेता’को रूपमा स्मरण गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*