रुसद्वारा युक्रेनमा स्वतन्त्रता दिवसकाे दिन रकेट आक्रमण, २२ जनाको ज्यान गयो

बकैया दर्पण संवाददाता
९ भाद्र २०७९, बिहीबार १३:४५

एजेन्सी । रुसले युक्रेनको रेल स्टेशनमा गरेको रकेट आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको तथा स्वतन्त्रता दिवसको दिन हिजो घटना भएको हो । घटनामा केही घाइते भएका बीबीसीले जनाएको छ । पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पाँच जनाको गाडीभित्रै जलेर ज्यान गएको छ । एक ११ वर्षका बालकले पनि ज्यान गुमाएका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को बैठकमा आक्रमणबारे जानकारी दिनुभएको छ । उहाँले आक्रमणमा परि ५० जना घाइते भएको पनि बताउनुभएको छ । यसबारेमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । रुसले आफूहरूले नागरिक तथा पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ । युक्रेनले हिजो आफ्नो स्वतन्त्रता दिवस मनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन समर्थन जनाउन किएभमा उपस्थित हुनुभएको थियो । उहाँले नयाँ सैन्य सहायता अन्तर्गत झन्डै ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको पनि खबरमा उल्लेख छ ।

त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि युक्रेनको समर्थनमा सन्देश पठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*