श्रीलंकाको बन्दरगाहमा चीनको खुफिया पानीजहाज

बकैया दर्पण संवाददाता
३१ श्रावण २०७९, मंगलवार ११:५५

एजेन्सी । चीनको युआन वाङ–५ नामक खुफिया पानीजहाज आज (मंगलबार) श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ।

उक्त पानीजहान ६ दिन उक्त बन्दरगाहमा रहने भएकाे छ । त्यहाँ रहुन्जेल कुनै पनि गतिविधि नगर्ने शर्तमा पानीजहाजलाई ६ दिन रहने अनुमति दिइएको जनाइएकाे छ । पानीजहाज अगस्ट ११ मै हम्बनटोटा पुग्नुपर्नेमा भारतले आपत्ति जनाएपछि पाँच दिन ढिला गरी त्यहाँ पुगेको हो । श्रीलंकाले चिनियाँ पानीजहाज हम्बनटोटा बन्दरगाहमा इन्धन भर्नका लागि मात्र रोकिने बताएको थियो । भारत, अमेरिका र चीनसँगको सल्लाहपछि श्रीलंकाको विदेश मन्त्रालयले चिनियाँ पानीजहाज युआन वाङ–५ लाई अगस्ट १६ देखि २२ सम्म हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको हो ।

सैन्य गतिविधि र अनुसन्धानका लागि उक्त पानीजहाज प्रयोग हुनसक्ने भारतले आशंका गरेकाे छ । चीनले अनुसन्धानमा संलग्न भन्ने गरेको युआन–५ खुफिया पानीजहाज भएको र चिनियाँ जनमुक्ति सेनाको रणनीतिक योजना बलले उक्त पानीजहाज नियन्त्रण तथा संचालन गर्ने गरेको अमेरिकी रक्ष मन्त्रालयले दावी गरेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*